एउटा शिकारी शिकार खेल्न जंगलमा गएको थियो । शिकारीले खरायो देखेर निशाना लगायो तर उसको निशाना नै चुक्यो
शिकारी: "थुक्क मुजी निशाना चुक्यो !"
छेउँमै तपस्या गरेर बसेका एक तपस्वी रैछन् । शिकारीको बोलीले उनको ध्यान भंग भयो र उठेर भनेछन्, "यस पवित्र जंगलमा अपशब्द बोल्न मनाही छ, अब नबोल्नु !"
शिकारीले फेरि हरिण देखेर निशाना लगायो तर उसको निशाना फेरि चुक्यो
शिकारी: "थुक्क मुजी फेरि निशाना चुक्यो !"
तपस्वी: : "मैले तँलाई अपशब्द नबोल् भनेको थिएँ तैपनि तैंले बोलिस्, अब यदि तैंले फेरि बोलिस् भने म तँलाई श्राप दिन्छु !"
शिकारीले तपस्वीको कुरामा खासै मतलव गरेन । एकैछिनमा एउटा हात्ती देखियो र निशाना लगायो तर यसपटक पनि उसको निशाना चुक्यो
शिकारी: "थुक्क मुजी फेरि पनि निशाना चुक्यो !"
तपस्वीको पारो तात्यो र आकाशतिर हेरेरः "हे भगवान, यदि मेरो तपस्या हजुरलाई सही लाग्छ भने तुरुन्तै यो अभद्र शिकारीलाई यहीं भष्म गरिदिनुस् !"
त्यत्तिखेरै आकाशमा बिजुली चम्कियो र ती तपस्वी माथि नै चट्याड्ग खस्यो र उनी त्यही खरानी भए... शिकारी भय मिश्रित भावले अचम्म परेको थियो । तुरुन्तै एउटा आकाशवाणी सुनियो: "थुक्क मुजी... मेरो नि निशाना चुक्यो !"
No comments:
Post a Comment