भो!मसँग गुलाबको कुरा नगर ****** गजल ********
माया गर्ने प्रस्ताबको कुरा नगर ।
जता काफल पाक्यो त्यतै चरी नाच्यो
बहुरुपी स्वभाबको कुरा नगर ।
सिधालाई सिधै भन्छु बाँगो भन्दिन
अनावश्यक दबाबको कुरा नगर ।
सुख दु:खमा हासेरै जिउँनु पर्छ
ब्यर्थ सधैं तनाबको कुरा नगर ।
अर्थी दिन खोज्छौ आँफै भइ लाचार
बिना सित्ती सुझाबको कुरा नगर ।
तिम्रो याद आएर मलाई रुवाउन थालेका छन्....
दिल भित्र अतितको घाउ बल्झाउन थालेका छन् ||
हर रात मेरा सपनीमा शहिद हरुले यसरी....
नौजवान देश बचाऊ भन्दै झस्काउन थालेका छन् ||
प्रकृतिनि निर्दयी भएर गरिबका सारा सपना ...
बाढी पैरो बनेर कोशीमा बगाउन थालेका छन् ||
भुन्टे रुन्छ बाबा भन्दै ठूली भाउजु बेसुरमा छिन्...
अरबले धेरै ठुले निल्दै पठाउन थालेका छन् ||
भट्टी भित्र पिरको ओखती पाइदो रैछ रत साथी..
दुखिहरु ओखती पिएर रमाउन थालेका छन् ||
मानवता बिहिन पशुको व्यवहार देख्छु यत्र तत्र ...
मान्छेले नै मान्छेलाई बलि चढाउन थालेका छन् ||

No comments:
Post a Comment