Sunday, June 9, 2013

namaskar ma khagendra adhikari 
समयले सबै चिज सिकाउँदो रहेछ ।
मुटुलाइ पनि पत्थर बनाउँदो रहछे ।

म बुझिरहेछु के पाउनको लागि
कस्ले कहाँ गुन लगाउँदो रहेछ ।

पूजारीले अधिपत्य जमाइसकेपछी
आफैलाई भगवान बताउँदो रहेछ ।

निर्धालाई यहाँ जब हेप्न पाएपछी
सबैले जति सक्दो दबाउँदो रहेछ ।

हिजो हाम्रै भोटले सत्तामा पुगेका
मान्छेहरुले आतंक मच्चाउँदो रहेछ ।

आउ तिमी पनि कथा सुनेर जाउ
भाग्यले कसरी झुक्याउँदो रहेछ ।

गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
आँसुले नै तकियालाई धुन्छन परदेशबासी

पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी

स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै
सपनीको सगरमाथा छुन्छन परदेशबासी

बाध्यता र विवसताले सुदूर पुगे पनि
हृदयले आफ्नै देश चुन्छन परदेशबासी

"जननी र जन्मभूमि संसारभरमै ठूला "
यस्तैकुरा मनमनमा गुन्छन परदेशबासी
धेरै पछि मेरो मन निराश भयो आज ।
एकान्तमा हराएको आभाश भयो आज ।।

म दुखीको बस्ने घर अर्कैको हुन थाल्यो,
त्यसैले त ओडार नै आवास भयो आज ।।

साथ दिने आफन्त नि पराइ बन्न खोज्दा,
सारा मन्का खुशीहरु बिनास भयो आज ।।

शत्रु बैरी लागी परे सर्वस्व लुट्दै गय,
सुख दिने पाटो जति निकास भयो आज ।।

सबै बाट हेला खेप्दै जिन्दगी एक्लो हुदा ,
जता ततै ठोक्की हिड्ने बतास भयो आज ।

No comments:

Post a Comment