Friday, July 12, 2013

२१ वर्षअघि प्रचण्डले एउटा सुन्दर सपना दिए । तर, आज उनी लाखौँ मान्छेको जिन्दगी बर्बाद 

पारेर महलमा बसिरहेका छन् । नेपालको अहिलेको कानुनमा एकजना मानिस मार्‍यो भने २०

 वर्ष जेल बस्नुपर्छ । प्रचण्डको आदेशमा १४ हजार माओवादी मारिए । सेना, पुलिस, कांग्रेस,

 एमालेलगायत गरी बीसौंँ हजार मारिए । हिसाब गर्नुहोस् त कति वर्ष जेल बस्नुपर्छ प्रचण्डले ? 

प्रचण्डले त राजनीतिक रूपमा धोखा मात्रै दिएका छैनन्, राजनीतिक हिसाबले बेइमानी र गद्धारी मात्रै गरेका छैनन्, लाखौँको सिउँदो पुछिएको छ । हजारौँको काख रित्याएका छन् । के प्रचण्ड प्रधानमन्त्री हुनकै लागि उनीहरूको जिन्दगी बर्बाद पारिएको हो ? प्रचण्डले आलिसान महलमा भव्य जिन्दगी बाँच्नका लागि उनीहरूलाई बिल्लीपाठ पारिएको हो ? हामीजस्ता युवाको जिन्दगीलाई अन्धकार बनाएका हुन् ? त्यो अधिकार छ प्रचण्डलाई ? यसकारण म त प्रचण्डलाई एउटा गम्भीर प्रकारको अपराधी भन्छु । एकदिन त्यो अपराधको कहालीलाग्दो दण्ड प्रचण्डलाई मिल्नेछ ।

Thursday, July 11, 2013

||मुत्तक|| by khagendra adhikari

मुक्तक 


मध्य रात् मा आयौ फेरी झस्काएर गयौ,
निको भा को घाउ फेरी चस्काएर गयौ।। 
नछोउ भन्दै टाढा टाढा सर्दै थिए म,
तिमी आफै अँगालोमा मस्काएर गयौ।। 
रुँदै आयौ मेरो सामु जान्न फर्की भन्दै,
धर्ति बाट पाउ मेरो खस्काएर गयौ।। 
पराईको आँगनीमा खुशी छैनौ कि त?
बहकाउदै मेरो मन लस्काएर गयौ।।
बिहानीमा आँखा खुल्यो सिरानी थ्यो का
मा,
सपनीमा सारा यौवन् पस्काएर गयौ।।

फक्रिएको फूललाई मात्र हेर्छन् यहाँ ।
आज अर्कै भोली अर्कै पूजारी फेर्छन् यहाँ ।
दुख परेकालाई दैवले नी हेर्छ भन्छन्,
बाहिर देखावटी भित्रि मनमा पाप केर्छन् यहाँ ।

उनलाई म बाट छुटाउने धनलाई सलाम छ,
उस्को माया झुटो भनि वहकाउने मनलाई सलाम छ।
पलपल घाँटि रेटेर मेरो
मार्न खोज्ने आफन्तजन लाई सलाम छ


तिम्ले साथ छोडेर के भो
अन्तै नाता जोडेर के भो
तिम्रै निम्ति त पलपल म तड्पेकै थेँ
फेरि तिम्ले मारि गएर के भो

आँशु पनि प्यारो लाग्यो तिम्ले दिएपछि
मनको बाध बेदनाले पुरै खिएपछि
पराइ पनि आफ्नो लाग्थ्यो तिमिसाथ हुदा
बिश पनि मिठो लाग्यो तिम्ले दिएपछि । 

खहरेलाई रोके बाँध हो जिवन, देशलाइ बोके काँध हो जिवन, किन दुखी हुनु जति सक्छौँ रमाऔ , दुख: र खुसको दोँसाध हो जिवन 

मन्दिरमा अब नमाज पढाउँछु॥ अनि मस्जिदमा शंख बजाउँछु॥ बुद्दम शरणम गुञ्जिनेछ चर्चभित्र,
चर्च भित्र पनि एउटा बुद्द पठाउँछु॥


गर्दिन अब म छोडिजाने को कुरा । नाता सम्बन्ध सबै तोडिजानेको कुरा । म बिना बाच्न सक्दिन भन्दै थि पहिले । आज अकौसँग नाता जोडिजानेको कुरा 

मध्य रात् मा आयौ फेरी झस्काएर गयौ,
निको भा को घाउ फेरी चस्काएर गयौ।। 
नछोउ भन्दै टाढा टाढा सर्दै थिए म,
तिमी आफै अँगालोमा मस्काएर गयौ।। 
रुँदै आयौ मेरो सामु जान्न फर्की भन्दै,
धर्ति बाट पाउ मेरो खस्काएर गयौ।। 
पराईको आँगनीमा खुशी छैनौ कि त?
बहकाउदै मेरो मन लस्काएर गयौ।।
बिहानीमा आँखा खुल्यो सिरानी थ्यो का
मा,
सपनीमा सारा यौवन् पस्काएर गयौ।।



मुक्तक  by khagendra adhikari
*****************
यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको सन्सार सजाउन सकिएन//

*****************
यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको सन्सार सजाउन सकिएन//

कस्को रगत कस्को पानी हो
को सज्जन को बेइमानी हो
को काँतर को स्वाभीमानी हो 

जरुर हिसाब हुनेछ एकदिन                                      बिना कुनै आस दिल लगाएको रहेछु !
छायाँ को पछाडी होस् गुमाएको रहेछु !
यो भन्दा बडी पागलपन अरु के होला र ....
जाहाँ मन सँगै तँ पनि लुटाएको रहेछु !

||मुत्तक||  by khagendra adhikari

हल्ला चल्नेछ गाऊँमा, हल्ला चल्नेछ..// 
म मरेको तिम्रै नाऊँमा, हल्ला चल्नेछ..//

रेडियोबाट हुनसक्छ, या पत्रिकाबाट हुनसक्छ ¥                          
तिमी बसेको ठाऊँमा, हल्ला चल्नेछ..//
म मरेको तिम्रै नाँऊमा...... 

कहिलेकाहीं अचानोमा रेटिन्छ रे जीवनकहिलेकाहीं बगरमा भेटिन्छ रे जीवनस्वीकारे नि नकारे नि सत्य मृत्यु नै होथाकेपछि माटोमा नै मेटिन्छ रे जीवन ।

मायाको नाम मा दास बन्दै छु । बेबारिसे म लास बन्दै छु ॥ मेले पो उसलाई हृदयमा राखे ॥ उसको मनमा मा ट्याम पास बन्दै छु॥ * 




Loksewa Exam Preparation लोकसेवा तयारी कक्षा              आज भोली शहर भरि तिम्रै चर्चा चलेको छ! 
अधेरिमा तिमि लाइ मस्ति मेरो मन त जलेको छ! 
कामुक यो दुनियाको ओँठमा तिम्रै नाम सुन्दा 
मेरो लागी सपनाको सून्दर संसार ढलेको छ!



1) गोहीले आफ्नो जिब्रो
बाहिर निकाल्न सक्दैन ।
2) चिप्ले किरा ३बर्ष सम्म
केही नखाएर सुत्न सक्छ ।
3) सबै भालु देब्रे हाते हुन्छन ।
4) हाती नै एस्तो जनावर
हो जो कहिले पनि उफ्रिन सक्दैन।
5) २ वटा मुसाले १८ महिना
मा कारीब १ लाख बंश
बढाउन सक्छ ।
6) औंलाको छाप हरेक मान्छेमा
फरक फरक भए जस्तै जिब्रो
को छाप पनि फरक फरक हुन्छ।\
 पाउमै पाए वास हजुरको ।।
भएर जिउँला दास हजुरको ।।
यतिनै मेरो विन्ती सुनिदिनु
बनाईदिनुस् खास हजुरको ।।

Friday, July 5, 2013

khagendra adhikari ka gajal haru

आँशु तिम्ले नझार है मेरो यादगरी । 
मायागर्छु तिमीलाईनै सयौ जूनिभरी ।। 

नबस है जीवनसँग आँफै कैले हारी ।
जिन्दगानी नठान है कैलेपनी भारी ।।

चाडै गाउँ फर्किदैछु सात खोलातरी ।
तिम्रो माया साँचेकोछु मेरो मुटुभरी ।।

अब हाम्रो मिलनको दिन छोटिदैछ ।
हर्सले यो मुटु मेरो त्यसै रोकिदैछ ।।

दुक्कसँग बस्नु तिमी मेरो बाटोहेरी ।
चाडै गाउँ फर्किदैछु सात खोलातरी ।।

आँशु तिम्ले नझार है मेरो यादगरी ।
मायागर्छु तिमीलाईनै सयौ जूनिभरी ।। 


Thursday, June 27, 2013

mee khagendra adhikari
kawaspti 5 nawalparasi
एउटा शिकारी शिकार खेल्न जंगलमा गएको थियो । शिकारीले खरायो देखेर निशाना लगायो तर उसको निशाना नै चुक्यो

शिकारी: "थुक्क मुजी निशाना चुक्यो !"

छेउँमै तपस्या गरेर बसेका एक तपस्वी रैछन् । शिकारीको बोलीले उनको ध्यान भंग भयो र उठेर भनेछन्, "यस पवित्र जंगलमा अपशब्द बोल्न मनाही छ, अब नबोल्नु !"

शिकारीले फेरि हरिण देखेर निशाना लगायो तर उसको निशाना फेरि चुक्यो

शिकारी: "थुक्क मुजी फेरि निशाना चुक्यो !"

तपस्वी: : "मैले तँलाई अपशब्द नबोल् भनेको थिएँ तैपनि तैंले बोलिस्, अब यदि तैंले फेरि बोलिस् भने म तँलाई श्राप दिन्छु !"

शिकारीले तपस्वीको कुरामा खासै मतलव गरेन । एकैछिनमा एउटा हात्ती देखियो र निशाना लगायो तर यसपटक पनि उसको निशाना चुक्यो

शिकारी: "थुक्क मुजी फेरि पनि निशाना चुक्यो !"

तपस्वीको पारो तात्यो र आकाशतिर हेरेरः "हे भगवान, यदि मेरो तपस्या हजुरलाई सही लाग्छ भने तुरुन्तै यो अभद्र शिकारीलाई यहीं भष्म गरिदिनुस् !"

त्यत्तिखेरै आकाशमा बिजुली चम्कियो र ती तपस्वी माथि नै चट्याड्ग खस्यो र उनी त्यही खरानी भए... शिकारी भय मिश्रित भावले अचम्म परेको थियो । तुरुन्तै एउटा आकाशवाणी सुनियो: "थुक्क मुजी... मेरो नि निशाना चुक्यो !" 
I NevEr heSitaTe to sAy thAt nepal iS thAt nePal iS themOst bEauTiful as WelL as variEd coUntRy in ThE wOrlD...
नेपाल संसारकै सबैभन्दा सुन्दर र विभिन्नताकेा
देश हेा भन्नमा म कहिल्यै हिच्किचाउदैन ।
khagendra adhikari

पाकेर होला गिलो छ 
चाकमा तेस्को पिलो छ 

बिद्वान भन्छ मान्छे चै
दिमाग थोरै ढिलो छ


असार को यो महिना
खेतमा हेर हिलो छ


न छोड पशु वालिमा
थलामा बाध किलो छ


हुदैन संलो कसैको
सबैको आशु धमिलो छ


रक्सी र दूध पिएर
भन त कुन पोसिलो छ

:-) :-) :-) :-) 

Sunday, June 23, 2013

गजल 
सत्ता ढलाउन तल्लिन म हेरीरहेछु।
घर बिनाको दलिन म हेरीरहेछु ॥

वर्षौ देखी कमाएको हो उसले 
अर्कैको नाममा जमिन म हेरीरहेछु ॥

बाढी पहिरोले देश सिदृयाउनै लाग्यो ।
काहा गए माक्स लेलिन म हेरीरहेछु ॥

उन्युको झारले यसो भन्दै थियो रे ?
बगैचामा 'सुमनको 'अधीन म हेरीरहेछु ॥


Saturday, June 22, 2013

जब देखि सहरको, भ्रम मनमा टुटेको छ
न सोध भो मलाइ, कस्ले कति लुटेको छ

के भनुं म कसरी ,वर्णन गरुं जिन्दगीको
आज आफ्नै प्रछायाँ,आफैँ सँग छुटेको छ

जिउनु यो जिन्दगी,बोझ भा'छ आफैँलाई
मृत्यु रोजौं नियति ,जीवन सँग जुटेको छ

बाँच्नु मेरो बाध्यता,भारी बोझ हो आफैँमा
के गरुं म सामुन्ने,आफ्नै अर्थी उठेको छ
Ring 

[̲̅L][̲̅i̲̅][̲̅k̲̅][̲̅e̲̅]+[̲̅S][̲̅h̲̅][̲̅a̲̅][̲̅r̲̅][̲̅e̲̅]
More Awesome Pics└▶ "·٠• ßëåµτîƒûL•٠·" ♥♥♥
Ring 

[̲̅L][̲̅i̲̅][̲̅k̲̅][̲̅e̲̅]+[̲̅S][̲̅h̲̅][̲̅a̲̅][̲̅r̲̅][̲̅e̲̅]
More Awesome Pics└▶ "·٠• ßëåµτîƒûL•٠·" ♥♥♥
b*k=bikram
घासं काट्ने खुर्केर
आयो जोबन हुर्केर
कस्लाई दिउ यो जोबन


मर्छु होला तिम्रो झूटो मायाँको यो घाऊ दियौ↓↑↓↑।।। कतै हजुरहरू " http://www.facebook.com/nepalparochaa <यो पेज लार्इक गर्न छुटनु त भएको छैन?? http://www.facebook.com/nepalparochaa दि छुट्नु भएको छ भने लार्इक गर्नुहोस् र मिठो अती सुन्दर प्रेम पत्रहरू पढ्नुहोस्...... " ↓↑↓↑↓ http://www.facebook.com/nepalparochaa


मेरो मायाँ लत्याएर कुन धनीलाई ठाऊ दियौ
झुटो बोल्यौ शब्दहरु धेरै पछी जात रोज्यौ
जिउदै पुर्यौ म दुःखीलाई सम्पन्नको हात रोज्यौ......
प्रेम केवल प्राप्ति होइन, इश्वर मानवले देखेको छैन, तर एकोहोरो प्रार्थना गरिरहेको छ । त्यो उसको आस्था हो । म आज चोइटिएका हृदय लिएर पनि उनिसंग भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा आफैंसंग सम्हालेको छु । जीवनको कसै प्रति आसक्ति प्रेम एक पल्ट हुन्छ । मैले जीवनको यो मोडमा आएर प्रेम गरें त्यसमा पश्चाताप छैन । अनि उनीलाई पाउन सकिन त्यसमा उनीको कुनै दोष छैन र दोष दिने गर्दिन पनि । तर असिमित, अपार अनि अनन्त माया उनीलाई जीवन भर गर्ने छु । किन की माया लिनु र दिनुको हिसाव किताव त होइन । यो त केवल दिनु , दिनु अनि मात्र दिनु हो ।
मन्दिरको पूजारी पुर्ण जीवन मन्दिरमा बिताउँछ । तर प्राप्ति शुन्य, ज्योतिषले हरेकको भविष्यवाणी बताउछ, तर उसको भविष्य अनिष्चित छ किनकी यो सृष्टिको संरचना हो । त्यसैले म तिम्रो भविष्य सुखमय वितोस भनि म कामना गर्दछु । तिम्रा सोचहरु, लक्ष्यहरु पुर्ण होउन अनि मेरो अभिव्यक्तिले तिम्रा हृदय चिरा चिरा भएको छ भने, माफ गर । मेरो अभिव्यक्ति तिम्रो बिखण्डनकोलागि थिएन । अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको तित्तताकोलागि थिएन, अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको दर्बिलो साथको विभेदकोलागि थिएन । त्यो ल केवल भावनाको उजागरकोलागि थियो । त्यो कतै भविष्यको मोडमा क्षितिजमा उभिएर मुक दर्शक नबनि जीवन भरकालागि थियो । यसलाई अन्यथा किन लिनु र यो त सृष्टिको रित हो ।
आज पाउनु अनि भोली गुमाउनु तर माया नपाय पनि मेरो हृदय चोइटिएर हजारौ टुक्रा भएपनि मेरा जीवनको गोरेटो असफल भएपनि मित्रताको सुमधुर प्रत्येक पल, प्रत्येक निमेष तिमी संग मित्रताको सम्बनधमा गासिने छु । त्यो मित्रताको लक्ष्मण रेखालाई कदाचित तोड्ने छैन । किनकी म चोइटिएको हृदय हुँ, जति चोट परेपनि सदा सम्झी श्रदा चढाँउने छु । मेरो भविष्य दुखद भएपनि तिम्रो सफलताको कामना गर्दछु .....
भो!मसँग गुलाबको कुरा नगर ****** गजल ********
  
माया गर्ने प्रस्ताबको कुरा नगर ।

जता काफल पाक्यो त्यतै चरी नाच्यो
बहुरुपी स्वभाबको कुरा नगर ।

सिधालाई सिधै भन्छु बाँगो भन्दिन
अनावश्यक दबाबको कुरा नगर ।

सुख दु:खमा हासेरै जिउँनु पर्छ
ब्यर्थ सधैं तनाबको कुरा नगर ।

अर्थी दिन खोज्छौ आँफै भइ लाचार
बिना सित्ती सुझाबको कुरा नगर ।



तिम्रो याद आएर मलाई रुवाउन थालेका छन्....
दिल भित्र अतितको घाउ बल्झाउन थालेका छन् ||

हर रात मेरा सपनीमा शहिद हरुले यसरी....
नौजवान देश बचाऊ भन्दै झस्काउन थालेका छन् ||

प्रकृतिनि निर्दयी भएर गरिबका सारा सपना ...
बाढी पैरो बनेर कोशीमा बगाउन थालेका छन् ||

भुन्टे रुन्छ बाबा भन्दै ठूली भाउजु बेसुरमा छिन्...
अरबले धेरै ठुले निल्दै पठाउन थालेका छन् ||

भट्टी भित्र पिरको ओखती पाइदो रैछ रत साथी..
दुखिहरु ओखती पिएर रमाउन थालेका छन् ||

मानवता बिहिन पशुको व्यवहार देख्छु यत्र तत्र ...
मान्छेले नै मान्छेलाई बलि चढाउन थालेका छन् ||
कसैलाई देख्नासाथ एवं मन पराउना साथ प्रेम
प्रस्ताव राख्नु पागलपन हो। त्यसैले आफुले मन
पराएका युवक, युवतीलाईप्रस्ताव राख्नु
अघि उसकोमन जित्नु आवश्यक छ।
आफुले मन पराएका युवक,युवतीले अरु कसैलाई मन
पराएको छ-छैन ? वुझ्नुपर्छ, यदि उनको कुनै
पार्टनर छैन भने मात्र आफुले
प्रक्रिया अगाडि वढाउनु उपयुक्त हुन्छ।
सुरुमा उनको भावनालाई वुझ्ने प्रयास गर्नुपर्छ।
उसलाई कसरी प्रभावित वनाउन सकिन्छ,
त्यही किसिमको व्यवहार प्रदर्शन गर्नुपर्छ।
सभ्य ढंगले उ संगको सामिप्यता वढाउनुपर्छ।
साथै आफुले उनलाई ‘केयर गरिरहेको’ आभाष
दिलाउनुपर्छ।
जव उ आफुप्रति आकर्षित छ भन्ने कुरा महसुष
हुन्छ, तव मात्र प्रेम प्रस्ताव राखे
अति राम्रो हुन्छ। यद्यपी प्रस्ताव
राख्दा ठाडै ‘आइ लभ यु’ भन्नु उपयुक्त हुन्न। वरु,
आफुले उनलाई मन पराएको कुरा व्यक्त गरेर
त्यसको प्रतिक्रिया माग्नु उपयुक्त हुन्छ।
Add caption

Thursday, June 20, 2013

# लोकसेवा सहयोगी पेजबाट सोधिएको प्रश्नका उत्तरहरु,,, मात्र तपाईहरुक निम्ति

@ सिम्रौनगढ कुन जिल्लामा पर्छ होला, के तपाईहरुलाई थाहा छ ?
>> (ख) वारा

@ आफ्नो नाम विर्सने वैज्ञानिकको नाम चाहि के होला ?
>> थोमस अल्बा एडिसन

@ सिपाही कुलवीर थापाले कहिले भिक्टोरिया क्रस पाएका थिए ? (स्मरण रहोस् भिक्टोरिया क्र्रस पाउने नेपाली कुलवीर थापा हुन् )
>> (घ) सन् १९१५

@ देउती बज्यैको मन्दिर कुन जिल्लामा पर्दछ ?
>> (ग) सुर्खेत

@ गेहडी कुन जातीको प्रसिद्ध नृत्य होला ?
>> (ग) माझी

@ एसियाली खेलकुदमा सर्वप्र्रथम पदक दिलाउने खेलाडी नाम के होला ?
>> (ख) विधान लामा

@ अमाली प्रथाको अन्त्य कहिले भएको हो ?
>> (ग) वि.सं. १९६८

@ काठमार्डौ उपत्यका बाहिर खुलेको पहिलो अंग्रजी स्कूल कुन हो ?
>> (क) चन्द्र मिडिल स्कुल, सिराहा

• कृपया सक्दो लाइक र सेयर गर्न नभुल्नु है मित्रहरु........अरुलाई पनि त सिकेका कुरा बाड्नु परो नि
१. फोनको घन्टी बज्यो |
आठ वर्षकी रश्मीले फोन उताइन् |
'बाबा हजुरको फोन ?
बाबाले केही बेर कुरा गरे
'यो मान्छेको फोन आयो भने 'बाबा हुनुहुन्न' भन्दिनु ल !
छोरी छक्क परिन् !
यही बसेको मान्छेलाई 'छैन किन भन्नु परेको होला !!'
बाबा ठूलो मान्छे के भनेर सोध्ने !!

२. सिडिओ साबले भने
'हरि जी, मलाई सोध्न जो सुकै आए पनि अफिसमा हुनुहुन्न भन्दिनु ल !
नयाँ-नयाँ नियुक्त भएका परिचर रनभुल्ल परे !!
'हाम्रो गाउँमा त मान्छे घर हुँदाहुँदै छैन भन्दैनन् सर !'
तिमीले मैले भनेको गर्नु !!
हरिजी फेरी रनभुल्लमा परे |
भित्र भा'को मान्छेलाई छैन कसरी भन्नु ?

३. स्कुल बंक गरेर सुरेस डिस्को गयो |
'छोरा ! विद्यालयबाट फोन आ'थ्यो, कहाँ थिइस् ?
'साथीको साथीका बाबालाई हेर्न अस्पताल ग'थें
'साथीको फोन दे त !'
उसको मोबाइल नै छैन, घरको फोन था' छैन
ल जा 'थप्पड'
छोरो रुँदै ''आफू घर भएको मान्छेले बिराटनगर छु. भन्न हुने !!
म तेरो बाउ हुँ बुझिस्

४. बेलुकी अवेर घर फर्केपछि
आमा 'छोरी यत्तिका अवेरसम्म किन गरिस् ?
छोरी 'साथीको बर्थडेमा अलि बेर भयो
आमा 'मैले फोन गर्दा किन नउठा'को ?
छोरी 'म्यूजिकको हल्लामा सुनिन
आमा 'मैले उसलाई फोन गरेकी थिएँ तर बर्थडे थिएन, कहाँ थिइस् ?
छोरी '......''
आमा 'भन् कहाँ गा'थिस्
छोरी 'आफु फिल्म हेर्न जाँदा बाबालाई 'बजार गा'छे भन्दिएस् भन्न हुने
मरिगए पनि भन्दिन सरोजसंग dating गा'को कुरा
आफू झुटो बोल्न हुने, हामी चाहिं किन नहुने ?

कृपया माथिका लघुकथा पढेर प्रतिक्रिया दिन न विसर्नु होला !!!
बुद्ध नेपालमा जन्मिएका हुन् , ७३ भाषा मा लेखिएको यो नारा लाइ सक्दो शेयर गरौ ।
************************************************
बुद्धको जन्म नेपालमा भयको थियो
Boeddha is gebore in Nepal.
Buda u lind në Nepal.
ولد بوذا في نيبال.
Բուդդա ծնվել է Նեպալում.
Buddha Nepal anadan olub.
Buda zen Nepal jaio zen.
Буда нарадзіўся ў Непале.
বুদ্ধ নেপালে জন্মগ্রহণ করেন.
Buda je rođen u Nepalu.
Буда е роден в Непал.
Buda va néixer al Nepal.
Buddha natawo sa Nepal.
佛出生在尼泊尔。
佛出生在尼泊爾。
Buddha je rođen u Nepalu.
Buddha se narodil v Nepálu.
Buddha blev født i Nepal.
Boeddha werd geboren in Nepal.
Buddha was born in Nepal.
Budho naskiĝis en Nepalo.
Buddha sündis Nepal.
Buddha ay ipinanganak sa Nepal.
Buddha syntyi Nepalissa.
Bouddha est né au Népal.
Buda naceu no Nepal.
Buddha დაიბადა ნეპალის.
Buddha wurde in Nepal geboren.
Βούδας γεννήθηκε στο Νεπάλ.
બુદ્ધ નેપાળ થયો હતો.
Bouda te fèt nan Nepal.
בודהה נולדה בנפאל.
बुद्ध नेपाल में पैदा हुआ था.
Buddha yug nyob rau hauv Nepal.
Buddha született Nepálban.
Búdda fæddist í Nepal.
Buddha lahir di Nepal.
Rugadh Buddha i Neipeal.
Buddha nacque in Nepal.
ブッダはネパールで生まれました。
Buddha miyos ing Nepal.
ಬುದ್ಧ ನೇಪಾಳ ಜನಿಸಿದರು.
ព្រះពុទ្ធបានកើតនៅក្នុងប្រទេសនេប៉ាល់។
부처님은 네팔에서 태어났다.
ພຣະພຸດທະເຈົ້າເກີດຢູ່ໃນອິນໂດເນ.
Buddha natus in Nepalia.
Buda dzimis Nepālā.
Buda gimė Nepale.
Буда бил роден во Непал.
Buddha dilahirkan di Nepal.
Buddha twieled fin-Nepal.
बुद्ध नेपाळ मध्ये त्यांचा जन्म झाला.
Buddha ble født i Nepal.
بودا در نپال متولد شد.
Budda urodził się w Nepalu.
Buda nasceu no Nepal.
Buddha sa născut în Nepal.
Будда родился в Непале.
Буда је рођен у Непалу.
Budha sa narodil v Nepále.
Buddha se je rodil v Nepalu.
Buda en Nepal nació.
Buddha alizaliwa katika Nepal.
Buddha föddes i Nepal.
புத்தர் நேபால் பிறந்தார்.
బుద్ధ నేపాల్ లో జన్మించాడు.
พระพุทธเจ้าเกิดในประเทศเนปาล
Buda Nepal doğdu.
Будда народився в Непалі.
بدھ نیپال میں پیدا ہوئے.
Ðức Phật ra đời tại Nepal.
Roedd Bwdha eni yn Nepal.
בודאַ איז געבוירן אין נעפּאַל.

★♣ ƒlo ★♣ ─┼●