Sunday, June 9, 2013

namaskar ma khagendra adhikari 
समयले सबै चिज सिकाउँदो रहेछ ।
मुटुलाइ पनि पत्थर बनाउँदो रहछे ।

म बुझिरहेछु के पाउनको लागि
कस्ले कहाँ गुन लगाउँदो रहेछ ।

पूजारीले अधिपत्य जमाइसकेपछी
आफैलाई भगवान बताउँदो रहेछ ।

निर्धालाई यहाँ जब हेप्न पाएपछी
सबैले जति सक्दो दबाउँदो रहेछ ।

हिजो हाम्रै भोटले सत्तामा पुगेका
मान्छेहरुले आतंक मच्चाउँदो रहेछ ।

आउ तिमी पनि कथा सुनेर जाउ
भाग्यले कसरी झुक्याउँदो रहेछ ।

गाउँ घरको सम्झनाले रुन्छन परदेशबासी
आँसुले नै तकियालाई धुन्छन परदेशबासी

पूरै रात छर्लङ्गिन्छ छट्पट छट्पट गर्दै
विरहले व्याकुल मात्रै हुन्छन परदेशबासी

स्वर्ग भन्दा राम्रो संसार कल्पनामा बुन्दै
सपनीको सगरमाथा छुन्छन परदेशबासी

बाध्यता र विवसताले सुदूर पुगे पनि
हृदयले आफ्नै देश चुन्छन परदेशबासी

"जननी र जन्मभूमि संसारभरमै ठूला "
यस्तैकुरा मनमनमा गुन्छन परदेशबासी
धेरै पछि मेरो मन निराश भयो आज ।
एकान्तमा हराएको आभाश भयो आज ।।

म दुखीको बस्ने घर अर्कैको हुन थाल्यो,
त्यसैले त ओडार नै आवास भयो आज ।।

साथ दिने आफन्त नि पराइ बन्न खोज्दा,
सारा मन्का खुशीहरु बिनास भयो आज ।।

शत्रु बैरी लागी परे सर्वस्व लुट्दै गय,
सुख दिने पाटो जति निकास भयो आज ।।

सबै बाट हेला खेप्दै जिन्दगी एक्लो हुदा ,
जता ततै ठोक्की हिड्ने बतास भयो आज ।
बाहिर बाहिर देखाउनको लागी मात्र त हो नि बैद्य हरुको बिरोध!
लोकसेवा तयारी कक्षा खगेन्द्र केा साथमा।।।।।।।
१ सर्वप्रथम निजामति सेवाकेा विकास कुन देशबाट भयकेा मानिन्छ ?
= चिन
२ नेपालामा अाधुनिक निजामति सेवाकेा सुरूवात कहिलेदेखि भएकेा मानिन्छ ?
= वि.स. २००७
३ लिच्छिबिकालमा महासचिव लाइ के भनि चिनिन्थ्येा ?
= महासर्वप्रतिहार
४ राणाकालमा कर्मचारिहरूलाइ प्रमुख काम के ग हुन्थ्येा ?
= शान्ति सुरक्षा कायम गर्नु राजस्व संकलन
५ नेपालमा सर्वप्रथम लेाकसेवा अायेागकेा गठन कहिले भयेा ?
=२००८
हिमाल भनेको त सगरमाथा पो हो त, मकालू त बस पनि छ नि
.
साथी भनेको त 2/4 हजार दिदा पनि वास्ता नगर्ने पो हुनुपर्छ, loan त ncell ले पनि दिन्छ नि 
.
साथी त भलादमी पो हुनुपर्छ, चुलबुल त सलमान खान छदैछ नि 
.
gf त private पो हुन पर्छ, public त टोइलेट पनि हुन्छ नि
.
kt भनेको त सोझी पो हुन पर्छ, बांगो त कुकुरको पुच्छर पनि हुन्छ
.
student भएपछि त engineer पो हुन पर्छ, doctor त बाबुराम भट्टराई पनि हुन्छ
.
नेपाली भएसी त गोरो पो हुन पर्छ, काले त धोति पनि हुन्छन
.
लभ गरेपछि true love पो गर्नुपर्छ, false त आइमाई को सारीमा नि हुन्छ
.
झन्डा त हाम्रो नेपालको जस्तो पो हुनुपर्छ, चारपाटे त सिगान पुछ्ने रुमाल नि हुन्छ
.
देश भनेको त मेरो नेपाल जस्तो पो हुनुपर्छ हिमाल पहाड तराई भाको, मरुभूमि त साउदीमा नि हुन्छ !!

जय नेपाल !!!