Wednesday, June 19, 2013

 विज्ञानसम्बन्धी केहि जानकारी
१."Father of science"कसलाई भनिन्छ?
-अल्बर्ट आइन्स्टाइन
२.रगतमा पाइने रातो पदार्थलाई के
भनिन्छ?

-हेमोग्लोबिन
३."कम्प्यूटरका पिता"कसलाई भनिन्छ?
-चार्ल्स ब्यावेज
४.चिल्लोमा घुल्ने भिटामिन कुन-कुन हुन्?
-भिटामिन ए,डि,इ र के(A,D,E,K)
५.मानव शरिरमा कति वटा हाड हुन्छन्?
-२०६वटा
६.हावाको चाप नाप्ने यन्त्रलाई के भनिन्छ?
-ब्यारो मिटर
७."बिद्युतका पिता"कुन वैज्ञानिकलाई
भनिन्छ?
-माइकल फराडे(कुनै कुनै सामान्य
ज्ञानमा ओहम भेटिए तापनि त्यसको खास
प्रमाण नभएको)
८.भिटामिन'सी'ला ई कुन एसिडले चिन्ने
गरिन्छ?
-एस्कर्विक एसिड
९.कोषको कुन भागलाई"power house of
cell"भनिन्छ?
-माइक्रोकोन्डिय ा
१०.दुखाई नाप्ने यन्त्रलाई के भनिन्छ?
khagendra adhikari gajal
1
नजर मा नजर हान्ने सिता मन पर्‍यो 
जे भन्यो तेही मान्ने कबिता मन पर्‍यो 

उनको पनि स्वभाब मसंगै मिल्दो जुल्दो
पराई पनि आफ्नै ठान्ने रिता मन पर्‍यो

फुलको रस चुस्दै हिड्दै रैछ उनको बानी
बगैचा को फुल छान्ने नमिता मन पर्‍यो

पढाई लेखाइ पनि भाकी ब्याबारमा पक्का
चाल चलन सबै जान्ने निता मन पर्‍यो

लौन हजुर फसाद पर्‍यो अब कता जाउ
हात समाइ मलाई तान्ने गीता मन पर्‍यो 


2
मुक्तक
.........
सबै फूलहरुमा मीठो सुगन्ध भैदिए
हर दु:खमा सुखको प्रवन्ध भैदिए
आँसुकै नदी बहे'नि मन थामिन्थ्यो सायद,,
तिम्रै मायाको बलियो तटबन्ध भैदिए

3

बिना तेलले मात्र सलेदो बल्दैन क्यार !------------------------------------
भारतका नयाँ युवराज कांग्रेस पार्टीका महा सचिव राहुल गान्धीको ह्याप्पी ह्याप्पी बर्थडेको औसरा कान्तिपुरे राजधानीको रविभवन मा रहेको स्व.माता इन्दिरा गान्धीको हिन्दुस्थानी काउरेस पार्टी साखा कार्यालयमा बडा भोजको आयोजना हुन लाग्या रैछ ! उता कांग्रेस र यताको कांग्रेस त मौसेरा भाइ भै हाले ! नया काउरेस तर लोक लाजले हामि ता कम्निस्ट भन्ने ‘घाममार्काहरु’ पनि लाइ बोलाका रैछन ! अतिथि देवो भव: स्वीकार्दै खोप्लांग कम्पनिहरु पनि भोजका निम्तोमा परेछन ! मेरा भारत महानको मन्तर जप्ने चाटुकारे कलमे, बेपारी सेपारी सप्पै परे !
..
मरे चपरी मुनिको बास बाचे अलकापुरीको राज भन्ने नीति अपनाएका छविलाल मास्टर जसलाई भारतले सधै पर्चन्न भन्छ र अर्का झापाली दैत्य सिटौला बाजे अनि मिनेन्द्र रिजाल बाजे हरु लाइचैँ बोलायेंनछन ! उनीहरुको निम्तो काडमा लेख्ने बेला भारतमा बन्या फिलेम कलमको मसि सक्या भएर होला ! ठुला कामरेड प्रचण्ड जहा पनि जता पनि 'हुन्छ' नीतिले गर्दा आज भारतले यस्ता महान नेता र अर्का २ जना नन्दी भ्रिंगीलाइ आज दुधको तर बाट मिल्काको झिंगा बनाएकि बनाएनन ? त्यस्तै सिटौला बाजे राति १२ बजे गणतन्त्रको घोषणा गरियोस भन्ने पनि तिमिनै हैन र अनि पछाडी बाट ताली बजाउने पनि रिजाल बाजे नै हो क्या र ! होस गर नेताहो तिमीहरुको अब राजनीति गर्ने दिन सकिया जस्तो छ ! धिब्री क्या मर्तेलले बाल्छननि हो त्यस्तै मर्तेल सक्या धिब्री बन्दैछौ तिमीहरु ! बिना तेलले मात्र सलेदो बल्दैन क्यार !



Monday, June 17, 2013


मनका कुरा फुकाउनलाई कसैको नी डर हुदैन,
कुरा काट्ने हजार हुन्छन्‌ तर दाजु भर हुदैन।
तपाईका संघर्षका कथा हामी पनि सुनौ न त,
जानी जानी पिडा भोग्न कसैलाई नी रहर हुदैन॥


2
अझै बढी पिउने अचेल बानी भएकोछ 
पिउदा पिउदै कती रात बिहानी भएकोछ 
अतितका ति खाटाहरु मेटाउने बहानामा 
बोतलकै त्यो पानी मेरो जिन्दगानी भएकोछ 

3
जीन्दगिभर साथको बचन छाँट्ने पनि ऊ नै थियो 
माथि चढ्दा फेदबाट काट्ने पनि ऊ नै थियो

गर्दिन भो कालो धन्दा मुखले ठिक्क पारेपनि
पाएसम्म अलकत्रै चाट्ने पनि ऊ नै थियो
4
मन्दिरभित्र बलिरहेको दियोको त ताप छैन,
यती बाक्लो बादल छकी सुर्यको त राप छैन,
म किन तिमीलाई पाउन सधै मरीमेटीरनु,
जहाँ जाउ फलोस्, फुलोस, मेरो कुनै श्राप छैन
5
आऊ तीमी समाऊ मेरो हात मज्जालेपाउने छेउ तीम्ले मेरो साथ मज्जालेतोड्नु पर्छ दुबै मीली रुडीबादी परमपराभुलीदेउ सानो ठुलो भन्ने त्यो जात मज्जाले


Khagendra Adhikari
 पठाएर याद, बार बार उसैले 
बिगार्ने भो मेरो, घरबार उसैले 

म आफ्नै सुरले, झुपडी सजाउंदा 
बनाउँदैछु भन्छ, दरबार उसैले 


Khagendra Adhikariकसरि देउ ठेगना घरै छैन पिरतिको
बसिहाल दिलमा झटृ भरै छैन पिरतिको ॥
नाम सोध्यौ थर सौध्यौ अनि भन्यौ जात मिलेन,
याद राख एउटा कुरा थरै छैन पिरतिको ॥

Khagendra Adhikariमन खोलेर गीत गायौ कसका लागि हो 
गीत भित्र प्रित गायौ कसका लागि हो 
मेरा सारा खुशी हरू चुडी सके पछी 
फेरि पनि हित गायौ कसका लागि हो ।। 

Khagendra Adhikari)शत्रु त शत्रु नै हो, मित्र भयानक हुन्छ
बाहिरभन्दा झन, भित्र भयानक हुन्छ
बिश्वास लुटेर जब सपना बुन्छ ऊ
उस्ले कोरेका हर, चित्र भयानक हुन्छ
Sign Up Now
khagendadhikari
Add caption